९ मंसिर २०८१, आईतवार

नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला १ लाख २१ हजार

कोलोराडोखबर संवाददाता , March 4th, 2024

नेपाल । नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला १ लाख २१ हजार पुगेको छ । आइतबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्