–लक्ष्मण आचार्य–
कसैलाई मिठो मिठो कसैलाई खाना छैन ।
कसैको छ महल यहाँ कतै ओत छाना छैन ।
विभेद यो कति धेरै देखिन्छ नि संसारमा
मखमल छ कतै पोशाक कतै लाउने नाना छैन ।
निर्धा अनि निमुखा नै झ्यालखानामा पर्छ हजुर
ठूलालाई ऐन कानुन थुन्नलाई ठाना छैन ।
कतै सड्छ अन्न रास भोकभोकै कोही कतै
टन्न कतै भकारीमा कतै एक दाना छैन ।
उदाउला कहिले यहाँ न्यानो घाम हाम्रा लागि
कहिले भन्ने संसारमा कोही ठूला साना छैन ।
–चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्