नेपाल । नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशन केन्द्रीत दस्तावेज मस्यौदा समितिको बैठकले एउटा मात्र दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ ।
गत मंगलबारदेखि सुरू भएर बिहिबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बैठकमा महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमाथि छलफल भएको जानकारी दिनुभयो ।
उपमहासचिव खतिवडाकाअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा. बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले सङ्गठनात्मक प्रस्ताव लेखनको संयोजन गर्ने गरी कार्य विभाजन भएको छ ।
दस्ताबेजका मस्यौदामाथि छलफल गर्न फागुन २७ गते बैठक बस्नेछ । चार वटै दस्ताबेजलाई एकीकृत गरेर महाधिवेशनमा एउटै दस्ताबेज लैजाने पार्टीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्