नेपाल । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी अभियन्ता बताउने शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले विहीबार कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको हो ।
काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ ।
केही दिनअघि शर्मिला र पवनकी पत्नी सुम्निमा खालिङ पवन बसेको घरमा गएर उनीमाथि कुटपिट गरेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्