नेपाल । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले ११ दिन परिवारसहित चितवनमा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।
त्यहाँ रहँदा चितवन राष्ट्रिय निकुञ्ज घुमघामदेखि देवघाट दर्शन गरे । पूर्वराजाको चितवन बसाई नितान्त पारिवारिक थियो । यसैक्रममा पूर्वरानी कोमल राज्यलक्ष्मी राणाको जन्मदिवससमेत चितवनमै मनाइयो ।
यसैक्रममा पूर्व युवराज पारश शाहले विधार्थी बोकेको बसलाई पेस्तोल ताकेको घटना सार्वजनिक भएको छ ।
एक साताअघि चितवनको भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कूलको बस विद्यार्थी बोकेर घरघर पुर्याउन गइरहेको थियो । गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी झारेर बस मोडिन लाग्दा पछाडिबाट कालो रंगको गाडीमा पारशले बाटो नछाडेको भन्दै रिसाएर बस चालकलाई गोली ताकेको प्रत्यक्षदर्शीको भनाइ छ ।
एक अभिभावनले उक्त घटना लुकाउन खोजिएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । प्रहरी प्रशासन यो घटनाबारे बेखबर जस्तै छ ।
प्रतिक्रिया दिनुहोस्