९ मंसिर २०८१, आईतवार

प्रभु बैंकका डीसीईओ न्यौपाने पक्राउ परेपछि बैंकरहरु आतंकित

कोलोराडोखबर संवाददाता , February 28th, 2024

नेपाल । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उच्च तहका बैंकरहरु पक्राउ गरेपछि आतंक सिर्जना भएको छ । यतिबेला नेपालमा बैंकरहर कुन बेला आफू पनि पक्राउ पर्ने भन्ने त्रासमा छन् ।

यसैक्रममा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई सीआईबीले मंगलबार बिहान पक्राउ गरेको छ ।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सीआईबीले जनाएको छ।

त्यस्तै साविकको सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पनि पक्राउ परेका छन् । न्यौपाने र गौतमसहित १० जनालाई सीआईबीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्