नेपाल । रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई संकेत गर्दै नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विभिन्न दोषमा मुछिएका सांसदहरुलाई घर फर्काउन सुझाव दिएका छन् ।
ती व्यक्तिलाई घर पठाइदिएर अनुसन्धान गर्न लगाए संसदको काम कारबाही स्वतस्फूर्त बढ्ने विश्वास गरे ।
प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै नेता थापाले विगत केही दिनदेखि पक्ष र विपक्षका सांसदहरुबीच दोहोरी चलिरहेको बताए ।
यो दोहोरी रोक्नका लागि विभिन्न आरोप लागेका सांसदहरुको झण्डा छोपेर घर पठाइदिन सक्ने हो भने बल्ल व्यवस्थित तरिकाले विभिन्न समस्याबारे गम्भीर छलफल गर्न सकिने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्