नेपाल । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन आउँदो १५ वैशाखमा हुने भएको छ ।
निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव गराउने मिति तय गरेको हो ।
इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता सो क्षेत्रमा उक्त पद रिक्त छ । त्यस्तै, बझाङ प्रदेशसभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार २५ मा गाडी दुर्घटनामा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्