१९ पुष २०८१, शुक्रबार

नेकपा एसका वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

कोलोराडोखबर संवाददाता , February 25th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) को वार्षिक लेखापरीक्षण प्रतिवेदन शुक्रवार सार्वजनिक गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलले केन्द्रीय कार्यालयको सूचना पाटीमा टाँस गरी गत आर्थिक वर्ष ०७९–०८० को आयव्ययको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

गत आर्थिक वर्षमा रु ८ करोड ४ लाख ५६ हजार ७ सय ९ आम्दानी भएकोमा रु ७ करोड ८२ लाख ६८ हजार ८ सय ११ खर्च भई रु २१ लाख ८७ हजार ८ सय ९८ रकम बचत भएको सार्वजनिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । यस आर्थिक वर्षको बचत र अघिल्लो वर्षको बचत मौज्दात सहित पार्टीमा हाल रु १ करोड ३२ लाख ४८ हजार ७ सय ५६ रकम बचत मौज्दात रहेको प्रतिवेदनमा जनाईएको छ ।

पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्च समेत समेटिएको लेखा प्रमुख पौडेलले बताउनु भयो । सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोतको रुपमा रहेको प्रमुख पौडेलले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्