कोलोराडो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजनामा कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवसमा सहभागी पाहुनाहरुको स्वागतका लागि आगामी मार्च ८ तारिखका दिन ‘एनआरएनए नाईट’ कार्यक्रम हुने भएको छ ।
लाइभ म्युजिकको साथमा दरबार नेपाली र भारतीय बिस्ट्रो रेस्टुरेन्ट Durbar Nepalese and Indian Bistro restaurant मा साँझ ८ बजेदेखि ‘एनआरएनए नाईट’ कार्यक्रम गर्न लागिएको हो । उक्त स्थानमा खाना र ड्रिंस खरिद गर्न सकिने छ ।
पाहुनाहरुको आवासका लागि व्यवस्था गरिएको होटल भन्दा उक्त रेष्टुरेन्ट २ माइलको दूरीमा छ । एनआरएनए कोलोराडो शाखाका कोषाध्यक्ष समेत रहनु भएका सुमन केसी उक्त रेष्टुरेन्टका सञ्चालन हुनुहुन्छ ।
यसैगरी एनआरएनए एनसीसी अमेरिकारको आयोजना र एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजनामा आगामी मार्च ९ तारिखका दिन नेपाली घर कोलोराडोमा अन्तर्राष्ट्रिय नारी दिवस २०२४ कार्यक्रम आयोजना हुँदैछ ।
उक्त कार्यक्रमलाई सभ्य, भव्य र ऐतिहासिक हिसावले सफल गराउन स्थानीय स्तरमा तीब्रताका साथ तयारी भइरहेको एनआरएनए कोलोराडोका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो ।
एनआरएनए अमेरिकाको आयोजनामा नारी दिवस मनाईँदै, तयारीमा जुट्यो कोलोराडो च्याप्टर
कोलोराडोमा हुने अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमलाई भव्य बनाउने संघसंस्थाको प्रतिबद्धता
अन्तराष्ट्रिय नारी दिवसमा कोलोराडो आउने पाहुनाहरुलाई छुटसहितको होटल व्यवस्थापन
कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारीका लागि विभिन्न समितिहरु गठन
कोलोराडोमा नारी दिवस कार्यक्रमः स्थानीयस्तरमा निमा शेर्पाको नेतृत्वमा भव्य तयारी हुँदै
प्रतिक्रिया दिनुहोस्