२ माघ २०८१, बुधबार

काठमाडौं सीतापाइलामा श्रीमतिसहित ३ जनाको हत्यापछि काजी विश्वकर्माद्वारा आत्महत्या

कोलोराडोखबर संवाददाता , February 22nd, 2024

नेपाल । नेपालको राजधानी काठमाडौंको नागार्जुन–६, सीतापाइलाको भैरव टोलस्थित एक घरमा डेरा गरी बस्ने चार जना बुधबार मृत अवस्थामा फेला परेका छन् । एक वर्षयता बस्दै आएकी ३८ वर्षीया ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, ८ वर्षीया अनिशा श्रेष्ठ र २ वर्षीया सिवाना श्रेष्ठ डेरामै मृत भेटिएका हुन् ।

प्रेमकुमारीका पति ३७ वर्षका राजु भनिने काजी विश्वकर्मा (घिमिरे) भने डेराबाट केही पर ह्वाइट गुम्बाको जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा दूधकुण्ड–६, सोलुखुम्बुका काजी विश्वकर्माले आफ्नो श्रीमती, छोरी र नातिनी (छोराको छोरी) को हत्या गरी आत्महत्या गरेको देखिएको छ । काजी मृतक ईश्वरीका दोस्रो श्रीमान् हुन् भने अनिशा उनीहरूकै छोरी हुन् । दुई वर्षकी नातिनी भने ईश्वरीको पहिलो श्रीमानबाट जन्मिएका छोराकी छोरी हुन् ।

पारिवारिक कलहले दुःखद् घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्