नेपाल (हेटौंडा) । मुक्तक मञ्च मकवानपुरमा नयाँ कार्यसमिति चयन भएको छ ।
सोमबार सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा सागर तिमल्सिना, उपाध्यक्षमा मेनु तिमल्सिना, सचिवमा सुवास सजल, सहसचिवमा स्वस्तिका बाँनिया र अजर फुयाँल तथा कोषाध्यक्षमा मिथिला अधिकारी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा अनु रोक्का, बैकुण्ठ लामिछाने, कमल नेपाल, देव निर्दोष र प्रयासी प्रविना चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्