नातिबाबु भट्ट/कोलोराडो । अमेरिकाको कोलोराडो निवासी शेर्पा समुदायले शनिबार २१५१औं ग्यल्पो लोसार भब्यताका साथ मनाएका छन् ।
कोलोराडो निवासी शेर्पा समुदायको साझा संस्था शेर्पा नाङपी छोग्पा कोलोराडोको अयोजनामा २१५१ औं ग्यल्पो लोसार मनाइएको हो ।
यहां स्थित वोल्डर शहरमा कोलोराडोको विभिन्न शहरवाट शेर्पा परिवारका सदस्यहरु उपस्थित भई भव्यताको साथ सिब्रु नाच्दै मनोरञ्जनका साथ लोसार सम्पन्न भएको शेर्पा नाङपी छोक्पा कोलोराडोका सचिव निमा शेर्पाले बताएका छन् ।
समारोहमा लामागुरू, संस्थालाइ सहयोग गर्ने बिभिन्न दाता, कोलोराडोमा सकृय नेपाली संघ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी , पत्रकार गन्यमान्य तथा शेर्पा समुदायका सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो ।
लोसार कार्यक्रम विहान ११ बजे लामा गुरुवाट धार्मिक पुजा गरी शुरुवात भएको थियो । गुम्वा ब्यावस्थापन समितीका पुर्व अध्यक्ष लामागुरू डा. युला शेर्पाको प्रमुख आतित्थ्यतामा सम्पन्न अपरान्हको कार्यक्रम नेपाल र अमेरीकाको राष्टिय गान बजाएर सुरू गरिएको थियो । शेर्पा नाङपी छोग्पाका सचिव निमा शेर्पाले स्वागत मन्तव्य राख्दै संस्थाको उदेस्य, सम्पन्न कार्य विवरण, भावी योजना प्रष्ट्याउदै निकट भबिश्यमा सबै शेर्पाहरूलाइ एकै ठाउमा ल्याउने प्रतिबद्धता जनाएका थिए ।
शेर्पा नाङपी छोग्पाका अध्यक्ष ङवाङ वङछु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी डा. युला शेर्पाले बोद्ध ज्ञान सम्बन्धि मन्तब्य र कार्यक्रमका सभापति ङवाङ वङछु शेर्पाले कार्यक्रममा उपस्थित सबै पाहुनाहरूलाइ धन्यवाद दिदै शेर्पाहरूको सांस्कृतिक पर्व लोसार भब्यताकासाथ सम्पन्न पार्न सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरेका थिए । कार्यक्रममा संस्थालाइ बिभिन्न माध्यमबाट सहयोग पुर्याउने दाताहरूलाइ खादा पहिराइ प्रशंसापत्र प्रदानगरी सम्मान गरिएको थियो ।
बेलुकाको कार्यक्रममा संस्थाको निमन्त्रणामा नेपालबाट आएका चर्चित गायक मिङमा शेर्पाको सुमधुर गायनमा सबै पाउनाहरू नाचेर भरपुर मनोरञ्जन लिएका थिए । गायक मिङमाको प्रश्तुती पछि गायक विजय अधिकारीको डिजेमा नाचगान गरी राती १० बजे कार्यक्रम हर्सोउल्लासका साथ सम्पन्न भएको थियो । कार्यक्रम संस्थाका सचिब निमा शेर्पा र निमाजाङमु शेर्पाले कार्यक्रम संचालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्