–एसके ज्ञवाली–
(गुरुपुर्णिमा बिशेष)
विद्यार्थी : सर नमस्ते ! के गर्दै हुनुहुन्छ ?
शिक्षक : नौ बज्यो जागीर खल्तीमा हाल्दै छु ।
विद्यार्थी : म डा. कृष्ण देब हजुरको पुर्व विद्यार्थी,
आज गुरुपुर्णिमा यसैले हजुरलाई सम्झेर भेट्न आएको ।
शिक्षक: धन्यवाद ! खुशी लाग्यो ।
विद्यार्थी : अनि सर जागीर खल्तीमा हाल्दै छु भन्नू भयो, मैले कुरो बुझिन ।
शिक्षक: डा. साब हामी बोर्डिङ मास्टरहरु प्रत्येक बिहान जागीर खल्तीमा हालेर स्कुल जान्छौं ।हरेक दिन त्रासमा बिताउछौ कतै खल्तिको जागिर खसिहाल्ने हो कि ,घर फर्किदा जागीर यतै छुट्ने हो कि भनेर। जब बेलुकी जागीर सहित फर्किन्छौ ,अचाक्ली खुशी हुन्छौ अर्को दिन बिहानसम्म । अब बुझ्यौ बाबू !
विद्यार्थी : ओहो सर त्यस्तो तनावग्रस्त भएर कसरी काम गर्नु ! जाबो बोर्डिङ छोडेर कुनै ब्यवसाय गरे हुन्न र ?
शिक्षक: कुरो गहिरो छ डाक्टर बाबु !
सकिनु पर्छ भनेर मैन बत्ति बल्न छाडे,रात पर्छ भनेर पृथ्वी घुम्न छाडे,प्रसव पीडा सम्झेर महिलाले गर्भ अस्विकार गरे के होला डा. साब ?
विद्यार्थी : कुरो बुझिन सर ।
शिक्षक : स्पष्ट भनौ है त, हामिले हजुरले भन्या जस्तै गरेर शिक्षण पेशा छोडी ब्यापार ब्यवसाय गर्न थाल्यौं भने तपाई हजुर एक्लैको स्वास्थ सेवाले यो देशलाई पुग्ला र ?
विद्यार्थी : प्रार्थी प्राथी छु सर ! हजुरलाई सधै शिक्षण पेशामा देख्न पाउ ! ह्यप्पी गुरुपुर्णिमा।
शिक्षक : लभ यु माई डियर ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्