कोलोराडो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजनामा यस वर्ष कोलोराडोमा अन्तराष्ट्रिय नारी दिवस मनाइने भएको छ ।
९ मार्च २०२४ (शनिबार) का दिन कोलोराडोस्थित नेपाली घरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । कोलोराडो नेपाली महिला फोरमसँगको समन्वयमा कार्यक्रम हुन लागेको हो ।
कोलोराडोमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रियस्तरको कार्यक्रमलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न विभिन्न प्रकारका तयारीहरु भइरहेको छ ।
कोलोराडो क्षेत्रमा क्रियाशील सम्पूर्ण संघसंस्था र नेपालीहरुले उक्त कार्यक्रम आफूहरुको सबैको कार्यक्रम भएको र उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न आ-आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
कोलोराडो नेपाली ओमन्स फोरम, रक्की माउन्टेन फ्रेन्ड अफ नेपाल, नेपाली घर, सिस्टर ग्रुप कोलोराडो (दिदीबहिनी समूह), मगर एशोसियनशन अमेरिका कोलोराडो च्याप्टर, तमु पेई ल्हु अमेरिका, तमु धी कोलोराडो, कोलोराडो नेवाः खल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर, ग्लोबल नेपाली फिल्म, शेर्पा नङ्पी टिसोग्पा कोलोराडो, ग्लोबल भुटनिज कम्युनिटी कोलोराडो, बल्ड डोनर्स अफ अमेरिका (कोलोराडो च्याप्टर), नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टर, ओभरसिज नेपाली फोरम, कोसेली कोलोराडो र टुकी इभेन्टस् सहयोगी पार्टनरका रुपमा रहेको एनआरएनए कोलोराडो च्यापटरका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनु भयो ।
त्यस्तै इभेन्ट डेकोरेशन पार्टनर वेलकम इभेन्ट, फुड पार्टनर दरबार रेष्टुरेन्ट ब्रुमफिल्ड, मिडिया पार्टनर कोलोराडो खबर डटकम, नातिबाबु भट्ट, इभेन्ट फोटोग्राफी भरतकुमार श्रेष्ठ, रजिष्ट्रेशन पार्टनर तीनपैसा र प्रिन्टिङ/पब्लिसिङ पार्टनर जेन ट्राभल रहने तय भएको छ ।
कार्यक्रमकालाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा योजना बनाउने चरणमा रहेकाले यदी यस सम्बन्धी कुनै प्रश्न, सल्लाह सुझाव वा थप जानकारी चाहिएमा [email protected], [email protected] मा इमेल गर्न समेत अनुरोध गरिएको छ ।
एनआरएनए अमेरिकाको आयोजनामा नारी दिवस मनाईँदै, तयारीमा जुट्यो कोलोराडो च्याप्टर
प्रतिक्रिया दिनुहोस्