२ माघ २०८१, बुधबार

बुधबार सरस्वती पूजा मनाईंदै

कोलोराडोखबर संवाददाता , February 14th, 2024

नेपाल । बुधबार माघ शुक्ल पञ्चमी । अर्थात् विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन ।

आजको दिन विद्यार्थी, साहित्यकार र कलाकारले यो दिन विद्या र कलासामग्रीको पूजा गर्छन् । यो दिनलाई श्रीपञ्चमी वा वसन्तपञ्चमी पनि भनिन्छ । यो दिन बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ।

आजको दिन सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्मको आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि–विद्या प्रदान गरुन् भन्ने विद्यार्थीको कामना हुन्छ ।

शैक्षिक संस्थाहरुमा विशेष गरी आज सरस्वतीको पूजा आरधना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्