१२ पुष २०८१, शुक्रबार

सोनाम ल्होछार महोत्सवमा तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीको घोषणा

कोलोराडोखबर संवाददाता , February 11th, 2024

नेपाल । शनिबार तामाङ समुदायले सोनाम ल्होछार पर्व भव्यताका साथ मनाएका छन् ।

काठमाडौंको टुँडिखेलमा विशेष महोत्सव समारोहमा आयोजना गरिएको थियो । महोत्सवका अवसरमा तामाङ समुदायको वेशभूषा, रहनसहन, खानाका परिकारसहित समेटिएको सयौँभन्दा बढी प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा कुलागी, लुकुनी, स्यान्थापलगायत पराम्परागत पोसाकमा सजिएका युवायुवती डम्फू र टुङ्गाको धुनमा नृत्य प्रस्तुत गरेका थिए ।

नेपालमा मात्र नभई चीन, मङ्गोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्यान्ड, ताइवान, मलेसिया, सिङ्गापुरमा पनि चन्द्रमासमा आधारित ल्होछार (नयाँ वर्ष) मनाइने गरेको छ । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा समुदायले मान्दछन् ।

यसैबीच उक्त महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने र तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने बताए । का छन् ।

उनले संघीय मन्त्रिपरिषद पुनर्गठन हँदा बागमती प्रदेशबाट तामाङ समुदायको व्यक्ति मन्त्री बन्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्