९ मंसिर २०८१, आईतवार

बाँसबारीको जग्गा फिर्ता ल्याउन पहल, टीकापुरमा सार्वजनिक जग्गा हिनामिना गर्ने विरुद्ध मुद्दा

कोलोराडोखबर संवाददाता , February 9th, 2024

नेपाल । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ ।

फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष संजय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन मालपोत कार्यालयले पत्र काटेको हो ।

चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो । यसका अध्यक्ष अरुण चौधरी, चाँदबागका ठाकुर र बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिना प्रकरण मै पक्राउ परेका थिए ।

यता नक्कली कागजात खडा गरी कैलालीको टीकापुरमा झन्डै ७ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी एवं कर्मचारीहित २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

समितिका तत्कालीन तीन अध्यक्ष, कर्मचारी र बाँकी २ सय २८ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्