१२ आश्विन २०८१, शनिबार

एनआरएनएद्वारा सिन्धुपाल्चोकको विद्यालयलाई सहयोग

कोलोराडोखबर संवाददाता , February 9th, 2024

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकको एक विद्यालयको लागि म्याट्रेस सहयोग गरेको छ ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले विहिवार सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं ७ खाडीचौरमा रहेको बाल शिक्षा माध्यमिक विद्यालयमा आवासीय छात्रछात्राहरुलाई ४० थान म्याट्रेस हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गरे । उनले नेपालको प्राकृति प्रकोप लगायत आपतकालिन अवस्थामा विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा संघीय सांसद माधब सापकोटाले विद्यालयमा सांसद र संसदमा विद्यालय जस्ता कार्यक्रमहरु लागू गरेर विद्यार्थीहरुलाई राज्य संचालनको विधिको बारेमा जानकारी दिन लागिएको बताए ।

उनले गैरआवासीय नेपालीहरुको सानो सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि ठूलो सहयोग पुग्ने बताउँदै सहयोगको लागि धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव राधिका गुरुङ (टिका), सल्लाहकार टिबी कार्की तथा गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयका प्रतिनिधि निरज महर्जनको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्