नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीदेखि सरकारी जग्गा हडप्ने र नागरिकता कीर्ते गर्नेसम्मकालाई कारबाहीको माग गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन् । महामन्त्री थापाले उक्त प्रकरणमा संलग्न जतिसुकै शक्तिशाली भए पनि कानूनी दायरामा ल्याउनु पर्ने बताए ।
साथै थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैले काम गर्ने तरिका बदल्नुपर्ने बताए । निर्देशन मात्रै दिने तर आफू स्वयंले भने काम गर्ने तरिका नबदल्ने हो भने फरक परिणामको अपेक्षा गर्ने कुरा मूर्खता शिवाय अरू केही नहुने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्