नेपाल । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा परेका व्यापारी अरुण चौधरीसहित ३ जनालाई किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेको छ ।
काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई बुधबार छोडिएको हो ।
अदालतले सोमबार बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौंले अनुमति दिएको थियो । तर दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको थियो ।
सोही आदेश अनुसार सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुर रिहा गरिउको हो । उनीलालाई गत साताको बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्