११ मंसिर २०८१, मंगलवार

अनेसास न्यू साउथ वेल्स च्याप्टर अष्ट्रेलियाको अध्यक्षमा पौडेल निर्वाचित

कोलोराडोखबर संवाददाता , February 8th, 2024

अष्ट्रेलिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टर अष्ट्रेलियाको अध्यक्षमा डा. प्रकाश पौडेल निर्विरोध निर्वाचित भएका छन् । अनेसास न्यू साउथ वेल्स च्याप्टरको गत शनिबार सिड्नीमा सम्पन्न बार्षिक साधारण सभाबाट डा. पौडेललाई चयन गरिएको हो ।

त्यस्तै संस्थाको उपाध्यक्षमा चतुर्भुज खरेल, महासचिवमा भावना पराजुली, सचिवमा अस्मित रेग्मी, कोषाध्यक्षमा स्वेता मैनाली, पब्लिक रिलेसन अफिसरमा मुक्तिराम पोखरेल, सदस्यहरुमा डा।मधु पुडासैनी, डा। राजु मानन्धर, ई. बिनोद महर्जन, महिमा दिप फुल्लेल र सिता कंडेललाई चयन गरिएको अनेसासले जनाएको छ ।

त्यसैगरी संस्थाको सल्लाहकारमा लेखक एवं साहित्यकारहरू ओम ढुंगेल, सौरभ किरण, राम कोइराला, सुरेन्द्र दवाडी, संदेश राजभण्डारी र डा. जीभनाथ लम्साल नियुक्त भएका छन् ।

अघिल्लो कार्यसमिति अध्यक्ष ममता तिवारीको सभापतित्वमा शुरुवात भएको उक्त कार्यक्रममा विशेष अथितिको रुपमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, त्रिविवि नेपाली बिभागकी पूर्व प्राध्यापक गार्गी शर्मा, अनेसास ओसिनियाका केन्द्रिय उपाध्यक्ष महेश्वर शर्मा, अष्ट्रेलियाका सम्मानित सामाजिक अभियन्ताहरु इन्द्रा वन र डा. नारायण प्रधान र एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाली कलासंस्कृति झल्कने आकर्षक नृत्य शब्दमाला विद्यालय मक्वारी फिल्ड्सका विधार्थीहरु श्रेया पौडेल र विदुषी बश्यालले प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा प्रतिज्ञा अधिकारी र सानो बाबु आयाम घिमिरेले कविता वाचन गरेका थिए ।

साथै कवयित्री ममता तिवारीको कविता संग्रह “समयको छाल” को लोकार्पण नेपाली समुदायका अगुवाहरू एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, प्रा. गार्गी शर्मा, अनेसास ओसिनियाका केन्द्रिय उपाध्यक्ष महेश्वर शर्मा, नेपाली समाजका अगुवाहरु डा. नारायण प्रधान, इन्द्रा बन, डा. शम्सेरसिंह थापा, साहित्यकार सानु घिमिरे, एनआरएनए अभियन्ता दिपा जोशीले संयुक्त रूपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्