१२ आश्विन २०८१, शनिबार

एनआरएनएको संयोजनमा बोस्टनमा आयोजित कन्सुलर सेवा घुम्ती शिविरबाट २५५ जना लाभान्वित

कोलोराडोखबर संवाददाता , February 7th, 2024

सुपेन्द्र बस्नेत(बोस्टन) । अमेरिकाको बोस्टनमा आयोजित दुई दिने कन्सुलर सेवा घुम्ती शिविरबाट २५५ जना सेवाग्राहीहरु लाभान्वित भएका छन् ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा, न्यू योर्क स्थित नेपाली महावाणिज्यदूतावासले फेब्रुअरी ३ र ४ तारिख सञ्चालन गरेको घुम्ती शिविरबाट, २३७ जनाले पासपोर्ट नविकरण सेवा र १८ जनाले अन्य सेवाहरु लिएर लाभान्वित भएका हुन् ।

एनआरएनए, एनसिसि, अमेरिकाको मासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले दिएको जानकारी अनुसार, दुइ सय सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको शिविरको पहिलो दिन १३३ जनाले र दोश्रो दिन १२२ जनाले सेवा प्राप्त गरेका थिए ।

उक्त शिविरबाट सेवा प्राप्त गर्नेहरुमा म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यमा बसोवास गर्ने प्रवासी नेपालीहरु रहेका थिए ।

अध्यक्ष श्रेष्ठले शिविरबाट लक्ष्य गरिएभन्दा ५५ जना बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न सकिएकोमा खुशी व्यक्त गरेका छन् । उक्त कन्सुलर सेवा घुम्ती शिविरबाट सेवाग्राहीहरुलाई राहदानी नविकरण, गैर आवासीय नेपाली परिचयपत्रको आवेदन संकलन, अधिकृत वारेशनामा प्रमाणिकरण, कागजात प्रमाणिकरण, पर्यटक भिषा जारी लगायतका सेवाहरु प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्