१२ पुष २०८१, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचन लडेर प्रधानमन्त्री बन्न नेपालको चुनौती

कोलोराडोखबर संवाददाता , February 4th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचन लडेर प्रधानमन्त्री बन्न चुनौती दिनु भएको छ ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो सुझाव दिनु भएको हो । उहाँले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न पूर्वराजा शाहलाई सुझाव दिनुभयो ।

अध्यक्ष नेपालले राष्ट्रपति बन्नका लागि मानिसहरूको अभाव नरहेको जिकिर गर्नुभयो । नेपालले देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न सुझाव दिनुभयो ।

यसैबीच नेपालले जन्मका आधारमा शासन सञ्चालन गर्ने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताउनु भएको छ ।

पार्टी निकट एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राजतन्त्रबारे बहसको कुनै औचित्य नभएको दाबी गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्