अग्लो
बादल अग्लो हुनै सक्दैन
त्यो भन्दा माथि त आकाश रहेकोछ
क्षितिज रेखाको बिटलाई समातेर
झुण्डिएको पो हुन्छ त बादल ।
यही सत्यको पिँढीमा बसेर
झोलुंगोजस्तो झुण्डिएको बादल
र म
निकैबेर मुखामुख गर्यौं ।
मौनतामै धेरै कुराहरू साटासाट भए
वर्षामा बदलिने बादल
र दुस्खमा भिझ्ने म बीच
एउटै अन्तर थियो
ऊ रूदा पानी बन्छ
म
रूदा आगो हुन्छु ।
– बोस्टन, अमेरिका ।
प्रतिक्रिया दिनुहोस्