नेपाल । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे अस्पताल भर्ना हुनु भएको छ ।
पिसाबसम्बन्धी समस्या देखिएपछि उहाँ सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना हुनु भएको हो ।
पाण्डेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ । पाण्डेको स्वास्थ्य अवस्था बुझ्न पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालअस्पताल पुग्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्