१२ आश्विन २०८१, शनिबार

अमेरिकाको बोस्टनमा नेपाली कन्सुलर सेवा ‘घुम्ती शिविर’ हुँदै

कोलोराडोखबर संवाददाता , January 31st, 2024

सुपेन्द्र बस्नेत (बोस्टन) । अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा नेपाली कन्सुलर सेवा घुम्ती शिविर हुने भएको छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा अमेरिकाको न्यू योर्क सहर स्थित नेपाली महावाणिज्यदूतावासले यही आउदो फेब्रुरी ३ र ४ तारिख (शनिवार र आइतवार)का दिन Alewife Brook Park way, Cambridge, MA-02138 मा कन्सुलर सेवा घुम्ती शिविर गर्न लागेको हो ।

म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने नेपाली समुदायलाई आवश्यक कन्सुलर सेवा प्रदान गर्ने उद्देश्यले कन्सुलर सेवा घुम्ती शिविरको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

यस सम्बन्धमा महावाणिज्यदूतावास न्यू योर्कले सम्बन्धित सेवाग्राहीहरुलाई उक्त शिविरमा आइ आफूलाई आवश्यक पर्ने कन्सुलर सेवाहरु लिन अनुरोध गरेको छ । आयोजकका अनुसार उक्त कन्सुलर सेवा घुम्ती शिविरमार्फत सेवाग्राहीहरुलाई राहदानी नविकरण, गैर आवासीय नेपाली परिचयपत्रको आवेदन संकलन, अधिकृत वारेशनामा प्रमाणिकरण (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), पर्यटक भिषा जारी(Tourist Visa), अन्य Attestation सम्बन्धी कागजातहरुका सेवाहरु प्रदान गरिने छ ।

उक्त शिविर सञ्चालनका लागि संयोजनकारी भूमिका निर्वाह गरिरहेको सहयोगी संस्था एनआरएनए, एनसिसि, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले तयारी लगभग पूरा भएको बताए। उनले घर दैलोमै आइपुग्न लागेको यस घुम्ती शिविरबाट बढी भन्दा बढी सेवाहरु लिइ लाभान्वित हुन प्रवासी नेपाली समुदायका सेवाग्राहीहरुलाई अनुरोधसमेत गरेका छन् । उक्त शिविरबाट करिब दुइसय सेवाग्राहीहरुले सेवा लिने अनुमान गरिएको छ ।

नेपाली महावाणिज्यदूतावास न्यू योर्कले घुम्ती शिविरबाट प्रदान गरिने सेवाहरु प्राप्त गर्नका लागि आवश्यक पर्ने कागजातहरु, शुल्क र प्रक्रियाहरुका बारेमा विस्तृत जानकारीका लागि महावाणिज्यदूतावास, न्यू योर्कमा वा संयोजनकारी भूमिका निर्वाह गरिरहेका एनआरएनए, मासाच्युसेट्स तथा न्यू हेमसायर च्याप्टरहरुलाई सम्पर्क गर्न वा आधिकारिक वेभसाइडमा हेर्नसमेत अनुरोध गरेको छ। आधिकारिक वेभसाइडका लागि तल दिइएको लिंकमा क्लिक गर्नु होला ।

म्यासाचुसेट्स राज्यको बोस्टनमा संचालन हुने कन्सुलर सेवा घुम्ती शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

प्रतिक्रिया दिनुहोस्