–आरआर चौलागाईं–
रगत बगायौँ पसिना बगायौँ हामीले के पायौँ
बाँझो फोर्यौँ खेती लगायौँ हामीले के पायौँ ?
नाइकेहरूमा भागको निम्ति सधैँभरि हानथाप
क्रान्तिको लागि खूब सघायौँ हामीले के पायौँ ?
मान्छेहरू भोकै थिए बाँच्ने आशा कतै थिएन
ढुङ्गा पकायौँ फलाम पकायौँ हामीले के पायौँ ?
अहिले त झन् धेरै राजा गन्नै सकिन्न कतिकति
एउटा थियो त्यसलाई भगायौँ हामीले के पायौँ ?
शहीदहरू विलाप गर्छन् “हामी मर्नु बेकार भएछ”
देशको लागि जनता जगायौँ हामीले के पायौँ ?
हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्