१२ आश्विन २०८१, शनिबार

अमेरिकाको पिआर प्रकरणः समाज कल्याण परिषद्की उपाध्यक्ष भट्टराईले दिइन् राजीनामा

कोलोराडोखबर संवाददाता , January 30th, 2024

अमेरिका । अमेरिकाको पिआर लिएकी समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन् ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उजुरी परेपछि राजीनामा दिएकी हुन् । मोनिकाले गत शुक्रवार राजीनामा बुझाएकी हुन् । उनी यसअघि एक महिनाको बिदामा थिइन् ।

पिआर भएको व्यक्ति कुनै पनि सार्वजनिक पदमा बस्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै उनलाई परिषद्को उपाध्यक्षमा नियुक्ति गरिएको भन्दै उजुरी परेको थियो ।

मोनिकाकी सासु अर्थात् पूर्वमन्त्री उमा रेग्मीले उनलाई नियुक्त गरेकी थिइन् । मोनिकालाई उपाध्यक्ष सिफारिस गरेपछि २०७८ मङ्सिर २ गतेको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो ।

परिषद् अध्यक्षसमेत रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उपाध्यक्षले दिएको राजीनामा स्वीकृत गरी सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्