१२ आश्विन २०८१, शनिबार

जोर्डनस्थित अमेरिकी शिविरमा ड्रोन आक्रमणमा परी तीन सैनिकको मृत्यु

कोलोराडोखबर संवाददाता , January 30th, 2024

एजेन्सीहरु । जोर्डनस्थित अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । उक्त शिविर सिरियाको सीमानजिकै छ।

अमेरिकाले ‘इरानबाट समर्थनप्राप्त चरमपन्थी लडाकु समूहहरूले’ आक्रमण गरेको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिशोध लिने चेतावनी दिएका छन् । “हामीले यसको प्रतिक्रिया दिने छौँ,” उनले भने ।

उक्त घटनामा दर्जनौँ सैनिक घाइते भएका छन् । – बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्