११ आश्विन २०८१, शुक्रबार

चन्द्रागिरी हिल रिसोर्टमा एनआरएनएको कार्यशाला, दुई वर्षे कार्ययोजना बनाइँदै

कोलोराडोखबर संवाददाता , January 22nd, 2024

नेपाल । आगामी दुई वर्षको लागि कार्ययोजना बनाउने उद्देश्यसहित गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कार्यशाला गोष्ठी चन्द्रागिरी हिल रिसोर्टमा शनिवार शुरु भई सोमबार सम्पन्न हुँदैछ ।

कार्यशालामा दुई दर्जन देशका ७० भन्दाबढी प्रतिनिधिहरु सहभागी छन् । संघको अन्तराष्ट्रिय समन्वय परिषदको ९५ पूर्ण बैठक र कार्यशाला गोष्ठि संयुक्त रुपमा हुने संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सञ्चालित कार्यशालामा संस्थाका ८ विभागीय प्रमुखहरुले आ आफ्ना कार्ययोजना प्रस्तुत गरिरहेका छन् ।

कार्यशालामा नेपाल सरकार र गैरआवासीयहरुको लगानीमा संचालन हुन लागेको १० अर्ब लगानी परियोजना, गैरआवासीय नेपाली संघमा महिला सहभागिता, संस्थागत विकास, परोपकार तथा मानवीय सेवा, ज्ञान, सिप तथा प्रविधि, वैदेशिक रोजगार लगायतमा विषयगत रुपमा विभागीय प्रमुखहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसबारेमा छलफलसहित ठोस निष्कर्ष निकालिने छ । र्नेछन् ।

एनआरएनए संस्थालाइ कसरी सञ्चालन गर्ने एजेण्डा तय गरिने र पुस्ता हस्तान्तरण कसरी गर्ने भनेर समेत गोष्ठीमा छलफल गरिने अध्यक्ष केसीले बताउनुभयो ।

यसैबीच गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी( मा मनोनित २१ जना केन्द्रिय सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सपथ लिनेहरुमा चिरन शर्मा (युके), पुर्ण घिमिरे (अष्ट्रेलिया), रामप्रसाद घिमिरे (अष्ट्रेलिया), अर्जुन कुमार गुरूङ (बेल्जियम), डा। मुकुन्द बास्तोला (युके), हेमन्तराज काफ्ले (अष्ट्रेलिया) र सरस्वती केसी (युके) ले भैतिक रूपमै उपस्थित भएर सपथ लिएका छन् भने शान्ती अर्याल, रवीन बज्राचार्य, डा. सञ्जु पैडेल, ज्यति शर्मा, मनिता ढुङ्गाना, बावुराम भण्डारी, बिनेश तामाङ, स्मार्ट थापा र इश्वरी भण्डारीले भर्चुअल माध्यमबाट सपथ लिएको प्रवक्ता फणिन्द्र पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्