९ मंसिर २०८१, आईतवार

गैरकानूनी सम्पत्ति आर्जनमा संविधानसभा सदस्य इच्छाराज तामाङ दोषी ठहर

कोलोराडोखबर संवाददाता , January 22nd, 2024

नेपाल । संविधानसभा सदस्य तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला गर्दै तामाङ दम्पत्ती र अन्य एक जनाको हकमा कसुर ठहर गरेको हो ।

सिभिल सहकारी ठगी प्रकरणपछि सम्पत्ती शुद्धिकरण विभागले उनको सम्पत्ती छानबिन गरेको थियो । उनी ठगी मुद्दामा हाल जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्