नेपाल (चन्द्रपुर) । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा संकल्प साकोसका बिभुकुमार पोखरेल निर्वाचित भएका छन । शनिबार चन्द्रनिगाहपुरमा भएको संघको चुनाबी साधरण सभाले पोखरेललाइ अध्यक्षमा चयन गरेको हो ।
यसैगरी समितिको उपाध्यक्षमा सृष्टि साकोसका रामविश्वास पासवान, महासचिबमा नव बिकास साकोसका देबबहादुर सापकोटा, सचिबमा चन्द्रोदयका बसन्त आचार्य, कोषाध्यक्षमा स्वस्तिक साकोसका नरेन्द्र राना चयन भएका छन ।
यसैगरी सदस्यहरुमा कल्पना दाहाल, पदमप्रसाद पहाडी,दुर्गादेबी दाहाल,लक्ष्मीकुमारी घिमिरे, रामाकान्तप्रसाद, दुर्गा आचार्य, राजेन्द्र राय यादब चयन भएका छन ।
यस्तै लेखा समितिको संयोजकमा जितेन्द्र चौधरी, सदस्यमा इश्वरीप्रसाद पौडेल र धर्मबिर ठाकुर चयन भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्