११ मंसिर २०८१, मंगलवार

कविताः लाजपनि लजायो होला !

कोलोराडोखबर संवाददाता , January 20th, 2024

–लक्ष्मी ‘रेशमी’–

चन्द्रमा पुग्यो छिमेकी हेर चन्द्रयान बोकेर
बिज्ञानका चमत्कारमा आफैं अब्बल बनेर
हाम्रा माहाबिर काम गर्दैछन मेडल बेचेर
लाजपनि लजायो होला तिम्रा कर्तुत देखेर ।

कान्ड नै कान्डको रङ्गमन्चमा आँफैलाइ भुलाएर
सरुवा बढुवा तल माथि सबै सेटिङ मिलाएर
किन्ने–बेच्ने, बेच्ने–किन्ने गन्जागोल देखेर
लाजपनि लजायो होला तिम्रा कर्तुत देखेर ।

देश चल्छ भन्छन् हेर रेमिट्यान्स आएर
सुन पनि आउदोरहेछ यहाँ फलफुल बनेर
भरियालाइ थुनि मालिक बचाउने सहमति गरेर
लाजपनि लजायो होला तिम्रा कर्तुत देखेर
लाजपनि लजायो होला तिम्रा कर्तुत देखेर ।

चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्