१७ बैशाख २०८२, बुधबार

नेपाली लेखक संघद्वारा डा. ध्रुवचन्द्र गौतमलाई राष्ट्रिय लेखक पुरस्कार प्रदान

कोलोराडोखबर संवाददाता , April 30th, 2025

नेपाल । नेपाली लेखक संघले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय लेखक पुरस्कारबाट सम्मान गरेको छ ।

काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबार आयोजित एक समारोहकाबीच उनलाई एक लाख राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । यसअघि पहिलो पुरस्कार साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको थियो ।

तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उनलाई दोसल्ला ओढाएर कदरपत्रसहित पुरस्कार प्रदान गरे ।

विसं २००० मा वीरगञ्जमा जन्मेका डा गौतमले भारतको पूणे विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि गर्नुभएको छ । विसं २०२४ बाट उपन्यास लेख्न थालेका उनका २९ वटा उपन्यास प्रकाशित छन् । आधा दर्जन कथा सङ्ग्रह र एक दर्जन नाटक लेखेका डा गौतमका ४५ कृति प्रकाशित भएका कार्यक्रममा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्