१७ बैशाख २०८२, बुधबार

भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा छैनः बाबुराम

कोलोराडोखबर संवाददाता , April 30th, 2025

नेपाल । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताउनुभएको छ ।

भारत भ्रमण सकेर स्वदेश फर्किनुभएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताउनुभएको हो ।

उहाँले भारतमा नागरिकस्तरमै पनि नेपालमा व्यवस्था उल्टिने बारेमा चासो रहेको पाएको तर भारत सरकार र भारतका मुख्य शक्तिहरु त्यस पक्षमा नरहेको बताउनु भयो ।

उहाँले अनावश्यक ढंगले भ्रम पैदा गरेर प्रतिगामी शक्तिहरुले बिरोध गरिरहेको आरोप लगाउनु भयो । उहाँले नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको पाउँदा सन्तुष्टि मिलेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्