१६ बैशाख २०८२, मंगलवार

सरकारले जनताको भावना सम्बोधन गर्ने गरी काम गर्नु पर्छः गगन थापा

कोलोराडोखबर संवाददाता , April 29th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग भएको सहमति अनुसार चल्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार राजधानीमा नेपाली काँग्रेसको उद्योग व्यापार विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सरकारमा बस्नको लागि सरकार बनाएर नहुने उनले बताए ।

सरकारले नागरिकमा देखिएको बेचैनीलाई सम्बोधन गर्नेगरी काम गर्नुपर्ने महामन्त्री थापाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्