१६ बैशाख २०८२, मंगलवार

खड्का निवासमा नेपाल शिक्षक महासंघसँग भएको वार्ता सकारात्मक

कोलोराडोखबर संवाददाता , April 29th, 2025

नेपाल । सरकार र नेपाल शिक्षक महासंघबीच सोमबार भएको वार्ता सकारात्मक देखिएको छ । सत्तारुढ दल कांग्रेस, एमालेका नेताहरुसहित भएको वार्ताले निष्कर्ष नजिक पुगेको हो ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवासमा बैठक भएको थियो ।

तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले तयार पारेको ७ बुँदे प्रस्तावकै वरिपरि रहेर सहमति जुटाउने प्रयास भएको बुझिएको छ ।

वार्तामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए । त्यस्तै शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित ३ जना सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्