१६ बैशाख २०८२, मंगलवार

बैशाख १९ मा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसदमा सम्बोधन हुने

कोलोराडोखबर संवाददाता , April 29th, 2025

नेपाल । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्न आगामी वैशाख १९ गते दिउँसो ३ बजे कार्यतालिका राखिएको उहाँले बताउनुभयो । मन्त्रीपरिषद् बैठकले विभिन्न मन्त्री र कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्णय गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

मन्त्री गुरुङले मङ्गलबार वा बुधबारसम्म शिक्षा मन्त्रालय र शिक्षकबिच सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्