कोलोराडो । अमेरिकाको कोलोराडोमा यही अप्रिल २७ तारिकमा नेपाली चलचित्र ‘पिताम्बर’ प्रदर्शन हुँदैछ ।
कोलोराडोमा मनोलय र डिजे मणीको संयोजन तथा ढाकाटोपीको समन्वयमा चलचित्र पिताम्बर हर्किन्स थियटरमा साँझ ५ः३० बजेदेखि चलचित्र प्रदर्शन हुनेछ ।
‘पिताम्बर’मा प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राईसँगै दिव्या रायमाझी, अनुप विक्रम शाही, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय रहेको छ ।
यसअघि ‘ऐँचो पैँचो’ चलचित्र निर्देशन गरेकी कृषा चौलागाईंले ‘पिताम्बर’लाई निर्देशन गरेकी छिन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन् भने हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।
चलचित्रका निर्माता विशाल चौलागाईं हुन् भने सह निर्माता पुरुषोत्तम प्रधान र कार्यकारी निर्माता सुमन गौतम हुन् ।
प्रतिक्रिया दिनुहोस्