नेपाल । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ ।
लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डङ्गोलको शुक्रबार राति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएको छ ।
विसं २००४ सालमा काठमाडौँमा जन्मिएका ७७ वर्षीय उनी कांग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख समेत थिए ।
प्रतिक्रिया दिनुहोस्