१४ बैशाख २०८२, आईतवार

पर्यटन प्रवर्द्धन गर्न हेटौंडा देखि सौराहासम्म पाँच सय जनाको साइकल यात्रा

कोलोराडोखबर संवाददाता , April 27th, 2025

नेपाल । पर्यटन प्रवर्द्धन गर्न हेटौंडा देखि सौराहासम्म पाँच सय जनाको साइकल यात्रा सम्पन्न भएको छ ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा तथा साइकल सीटी मकवानपुरको समन्वयमा साइकल यात्रा गरिएको हो ।

शनिबार बिहान हेटौंडाको बुद्धचोकबाट पन्चैबाजा, नेवारी वाजा, खैजेडी भजन सहित उद्घाटन् गरिएको कार्यक्रमको समापन भने दिउँसो सौराहामा गरियो । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्सित गर्ने उदेस्यले गरिएको साइकल यात्रामा देशका बिभिन्न क्षेत्रका साइकल यात्रीहरु सहभागि भए ।

हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले उद्घाटन् गरे । कार्यक्रमलाई संबोधन गर्दै मन्त्री ठकुरीले यस कार्यक्रमबाट पर्यटन प्रवर्दनमा ठुलो टेवा पुग्ने बताए । कार्यक्रममा मन्त्रालयका सचिब दिपेन्द्र सुवेदी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।

बुद्धचोकबाट सुरु भएको साइकल यात्राले हेटौंडाका धार्मिक तथा पर्यटकिय स्थलको परिक्रमा गरेर सौराहा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्