१४ बैशाख २०८२, आईतवार

मकवानपुरको बकैया र दक्षिण कोरियाको बुय-गुन पालिकाबीच भगिनी सम्बन्ध

कोलोराडोखबर संवाददाता , April 26th, 2025

नेपाल (हेटौंडा) । मकवानपुरको एक गाउँपालिका र दक्षिण कोरियाको एक पालिकाबीच भगिनी सम्बन्ध कायम हुने भएको छ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका र दक्षिण कोरियाको बुय–गुन पालिकाबीच भगिनी सम्बन्ध कायम गर्न लागिएको हो ।

‎कोरियन कल्चर सेन्टरका प्रतिनिधि मुन यङ सुसहितको प्रतिनिधिहरुसँग बकैया गाउँपालिकामा बुधबार छलफलसहित बकैया गाउँपालिका र बुय–गुन पालिकाबीच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव गरिएको हो ।

‎बकैया गाउँपालिका र बुय–गुन पालिकाबीच बकैया गाउँपालिकालाई कृषि, पर्यटन, शिक्षा र प्रविधि हस्तान्तरणको क्षेत्रमा सहयोग गर्ने गरी भगिनी सम्बन्ध कायम गर्न लागिएको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए ।

‎उक्त अवसरमा कोरियन कल्चर सेन्टरका अध्यक्ष मुन यङ सुलाई भगिनी सम्बन्ध कायम गर्नका लागि सहजीकरण गरिदिन अनुरोध गर्ने निर्णयसहित अध्यक्ष लामिछानेले कोरियन कल्चर सेन्टरका प्रतिनिधिलाई अनुरोधपत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्