कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको आयोजनामा यही अप्रिल २६ मा मानसिक स्वास्थ्य सचेतना तथा आप्रवासी कानून सम्बन्धी जानकारीमूलक कार्यक्रमको तयारी पूरा भएको छ ।
कार्यक्रम Drury Plaza Hotel, Westminster मा दिउँसो १२ बजे देखि ३ बजे सम्म सञ्चालन हुनेछ ।
अध्यागमन कानुन सम्बन्धी जानकारी दिन आयोजित Immigration law insight with attorney कार्यक्रमका लागि वकिल बासु फुलारा कोलोराडो आउनु हुने एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनु भयो ।
त्यसैगरी मानसिक स्वास्थ्य सम्बन्धी अरोरा मेन्टल हेल्थ एण्ड रिकभरीकी सोनम खनाल र जयराम लामिछानेले जानकारी दिनु हुने कार्यक्रम छ । उक्त कार्यक्रममा मोडरेटरको भूमिका सम्झना आचार्यले निर्वाह गर्नु हुनेछ ।
यी दुबै कार्यक्रम महत्वपूण रहेकाले उक्त कार्यक्रममा सहभागी भई आफ्ना जिज्ञासा र समस्याहरुबारे जानकारी लिनु हुन कोलोराडो निवासी सबैजनालाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रण गरिएको अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्