नेपाल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन कुनै बन्देज नभएको बताएका छन् ।
विराटनगरमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पूर्व राष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संवैधानिक कानुन र अन्ताराष्ट्रिय परम्पराले पनि नरोक्ने बताएका हुन् ।
अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबीच कुनै किसिमको विमति नरहेको स्पष्ट गरे ।
प्रतिक्रिया दिनुहोस्