८ बैशाख २०८२, सोमबार

सिंहदरबार भित्रै प्रदर्शन गर्दा पक्राउ परेका राप्रपाका नेताहरु रिहा

कोलोराडोखबर संवाददाता , April 21st, 2025

नेपाल । आइतबार सिंहदरबार भित्रै प्रदर्शन गरेपछि पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई प्रहरीले साँझ रिहा गरेको छ ।

सिंहदरबारबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याइएका लिङ्देनसहितका सातै जनालाई प्रहरीले आइतबार साँझ रिहा गरेको हो ।

प्रहरीको नियन्त्रणबाट रिहा भएपछि राप्रपा अध्यक्ष लिङ्देनले आइतबारको आन्दोलन सफल भएपनि जेका लागि आन्दोलन गरेको हो, त्यो पूर्ण हुन बाँकी रहेको प्रतिक्रिया दिए ।

आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै राप्रपा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल लगाएतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्