नेपाल । नेपाली लेखक संघले ‘राष्ट्रिय लेखक पुरस्कार–२०८२’ वरिष्ठ आख्यानकार धुव्रचन्द्र गौतमलाई प्रदान गर्ने भएको छ ।
संघको काठमाडौँमा पदाधिकारी बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर यही वैशाख १६ गते आयोजना गरिने कार्यक्रममा रु एक लाख राशिको उक्त पुरस्कार गौतमलाई प्रदान गर्ने निर्णय गरेको हो ।
संघले देशका लब्ध–प्रतिष्ठित २५ वरिष्ठ लेखक साहित्यकारलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्