१६ बैशाख २०८२, मंगलवार

खड्कालाई नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी

कोलोराडोखबर संवाददाता , April 21st, 2025

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नुभएपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकिएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै सभापति देउवा थाइल्यान्ड प्रस्थान गर्नुभएपछि खड्कालाई कार्यवाहक सभापतिका जिम्मेवारी तोकिएको हो ।

सभापति देउवा एक सातापछि स्वदेश फर्किनु हुने छ।

प्रतिक्रिया दिनुहोस्