नेपाल । कालीकोट जिल्लाको पलाँतामा ट्याक्टर दुर्घटना भएको छ । आइतबार राती भएको ट्याक्टर दुर्घटनामा चालक सहित चार जनाको मृत्यु भएको छ ।
पलाँता –९ थिर्पुबाट खिन तर्फ जाँदै गरेको ट्याक्टर पलाँता – २ लार्फा गाउँ नजिक राती ११ बजे दुर्घटना परेको प्रहरीले जनाएको छ । ट्याक्टर खाद्यान्न लिएर जाँदै गर्दा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा पलाँता ५ का वर्ष ३२ का अम्मा शाही, पलाँता ४ का बर्ष ३८ का सदु वुढा, बर्ष २३ रवीन्द्र बिक र ट्याक्टर चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकाया रहेको प्रहरीले जनाएको छ ।
यता, पाल्पाको बगनासकाली–४, बेल डाँडामा जिप दुर्घटना हुँदा एक जना किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला कालीगण्डकी–३, बैघाकी १७ वर्षीया एलिजा सारु रहनुभएको छ ।
आइतबार बेलुकी ८ बजेतिर तानसेनबाट बगनासकाली खानीछाँप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली गाउँपालिका वडा नं। ४ स्थित, बेल डाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी सारूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्