नेपाल । कवि, गीतकार, निबन्धकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको वैचारिक निबन्ध संग्रह ‘शब्द सायारेम’ लोकार्पण भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखक खगेन्द्र सङ्ग्रौला, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, डम्बर चेम्जोङ, भोगिराज चाम्लिङ र कुमारी लामाले कृतिको लोकार्पण गरेका हुन् ।
सभ्यताको विकासको आधारस्तम्भलाई उधिन्दै तानाशाहलाई प्रश्न गर्ने बागी विचार राईका निम्बन्धमा भएको लेखक सङ्ग्रौलाले बताए । कोलम्बस र पृथ्वीनारायण शाहमाथि लेखकले उठाएका प्रश्नहरूले बहुलता र बाग्द्वार खडा गर्ने सङ्ग्रौलाको भनाइ थियो ।
भाषा आयोगका अध्यक्ष ठाकुरले राईका निबन्धले सामुदायिक विचार र सामाजिक युगीन चेतनाको बहस गर्ने बताए ।
लेखक राईले निबन्ध लेखनको सकस र वैचारिकता परिवेशबारे बोल्दै धन्यवाद व्यक्त गरे । बुकहिलले प्रकाशन गरेको पुस्तकको मूल्य मोटो गाताको ८०० र पातलो गाताको ६०० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्